प्रहरी प्रवक्तामा डीआईजी आचार्य
मेरोन्यूज
२०७८ पुष २८ गते २१:४४

काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्य तोकिएका छन् । तत्कालका लागि महानिरीक्षकको सचिवालयले आचार्यलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका आचार्यको लागूऔषध नियन्त्रण ब्यूरोमा सरुवा भएको थियो । तर उनी आफुलाई अपमानित गरेको भन्दै प्रहरी प्रधान कार्यालयमै हाजिर हुँदै आएका थिए ।
प्रहरीका प्रवक्ता पछिल्लो समय वरिष्ठ उपरीक्षक (एसएसपी) रहँदै आएका थिए । यसअघिका प्रवक्ता एसएसपी वषन्तबहादुर कुँवरले बुधबार सरुवा भएको महानगरीय अपराध महाशाखाका लागि रवाना बुझेपछि प्रवक्ता पद रिक्त थियो ।
रिक्त पदमा तत्कालका लागि मात्र भनेर आचार्यलाई जिम्मेवारी तोकिएको महानिरीक्षको सचिवालयले जनाएको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया