आफ्नै खर्चमा कराँते खेल्न कर्णालीका खेलाडीले ल्याए स्वर्ण

काठमाडौँ । बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले दुई स्वर्ण पदक जितेका छन् । बंगलादेश गोजुरियो कराँते डो संघको आयोजनामा २६ देखि २९ डिसेम्बरसम्म चलेको बिजी अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागि कर्णालीका खेलाडीले दुई स्वर्ण र दुई काँस्य पदक जितेका हुन् ।
प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ केजी कुमितेमा काँस्य पदक जितेका थिए । यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ केजी। कुमितेमा एक स्वर्ण र सुर्खेतका सन्दीप महतले ७० केजी। कुमितेमा काँस्य पदक जितेका थिए ।
निजी खर्चमा बंगलादेश पुगेका सुर्खेतका दुई र दैलेखका एक खेलाडीले पदक जितेर फर्केको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले बुधबार विजेता खेलाडीहरूलाई सम्मान गरेको छ । सो अवसरमा सरोकारवाला निकायसँग कर्णालीका खेडालीको उनीहरूको खर्चसिहतका विषयमा ध्यानाकर्षण गराइने खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले बताए ।
नेपाल कराँते महासंघ कर्णाली प्रदेशका टेक्निकल कमिटीका अध्यक्ष प्रदीपकुमार राईले आफ्नै खर्चबाट पदक जितेर राष्ट्रको शान र कर्णालीको गौरव बढाएकोमा खेलाडीलाई बधाई दिँदै यसमा प्रदेश सरकार पनि जिम्मेवार भएर लाग्नुपर्ने बताए ।


















वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया