चीनको जनसंख्या वृद्धि इतिहासकै न्यून

बेइजिङ । चीनमा सन् २०२१ मा जन्म दरमा निकै गिरावट आएको छ । जन्मदरमा गिरावटसँगै वृद्धवृद्धाको संख्या बढ्दा आर्थिक वृद्धिमा असर देखिन थालेको विज्ञहरुले बताएका छन् । दुई सन्तान नीतिका बाबजुद चीनको जनसंख्या अहिलेसम्मकै न्यून देखिएको हो ।
विश्वकै ठूलो अर्थतन्त्र भएको देश चीनमा सन् २०२१ मा प्रति एक हजारमा ७ दशमलब ५२ जनाको जन्म हुने गरेको चीनको राष्ट्रिय तथ्यांक व्युरोले जनाएको छ । यसअघि सन् २०२० मा प्रति हजारमा ८ दशमलव ५२ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको जन्म दर सन् १९४९ मा चीनको स्थापनापछिको अहिलसम्मकै न्यून हो ।
चीनमा सन् २०१६ देखि दुई सन्तान जन्माउन अनुमति दिइएको छ र परिवार नियोजनसम्बन्धी नियम खुकुलो बनाइएको छ । तर, पनि चिनियाँ दम्पत्तीमा एकभन्दा बढी सन्तान जन्माउने इच्छा बढेको देखिदैन् ।
सन् २०२१ मा चिनियाँ अधिकारीहरुले दम्पत्तीलाई तीन सन्तानसम्म जन्माउन अनुमति दिएका थिए । सरकारी तथ्यांकअनुसार सन् २०२१ मा एक करोड ६२ लाख शिशु जन्मिएका थिए ।
तथ्यांकअनुसार राष्ट्रिय जनसंख्या बृद्धि प्रति एक हजार जनामा १ दशमलव ४५ बाट शून्य दशमलब ३४ प्रतिशतमा झरेको छ । जनसंख्याको चुनौती सर्वविविधै छ, तर बृद्ध जनसंख्याको गति अनुमान गरेभन्दा तीव्र छ,’ पिनपोइन्ट असेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झिवी झाङले भने ।













भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गरेसँगै ट्रम्पले राजधानी काराकसमा दिए आक्रमणको आदेश
पसल पुगेर आउँछु भनेका निरज कहिल्यै फर्किएनन्
कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)
कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
घट्यो पेट्रोलियम पदार्थको मूल्य
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
प्रतिक्रिया