नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिनको (सोमबार) कारोबारमा वृद्धि भएको छ ।
सोमवार भएको कारोबारको सुरुवातमा ओरालो लागेको नेप्से बजारमा शेयर खरिदकर्ता हाबी हुँदा दिनभरीको तिव्र उतारचढावका बीच परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ इण्डेक्स पनि ३.७० अंकले बढेको छ । यस्तै फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको छ ।
सोमबार कारोबार भएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको किनबेच भएको छ । अघिल्लो दिन आइतबार ९ अर्ब माथिको कारोबार भएको थियो । यसरी हेर्दा आइतबारको तुलनामा कारोबार रकममा भने कमि आएको छ ।
सोमबार नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढ्दा ५ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ । तर यता विकास बैंक, वित्त, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ ।
सोमबार कारोबारमा आएको मध्य भोटेकोशीको शेयरमा सकारात्मक सर्किटको तहमा कारोबार भएको छ । त्यस्तै, सनराइज ब्लुचीप फण्डको इकाई मूल्य र सिंगटी हाइड्रोपावर तथा सीईडिबी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।
कारोबार रकमका आधारमा ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । त्यस्तै , अपि पावरको ४१ करोडको शेयर कारोबार भएको छ ।









तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया