गुण एयरलाइन्सको जहाजबारे छानबिन गर्न कार्यदल गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको छ ।
मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।
कार्यदलको सदस्यमा पर्यटन मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर नसिव आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका क्याबिन क्रु निरीक्षक सावित्री श्रेष्ठ राई सदस्य तथा प्राधिकरणकै एरोनोटिकल इन्जिनियर रितेशराज पन्त सदस्यसचिव रहेका छन् ।
घटनाको सत्यतथ्य पत्ता लगाई भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन चाल्नुपर्ने कदमका सम्बन्धमा सुझावसहित तीन दिनभित्रमा प्रतिवेदन पेश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ ।
यही माघ २ गते काठमाडौँबाट पोखरा उडानमा रहेको गुण एयरलाइन्सको बिमानमा प्राविधिक गडबडी भई आकाशमै ढोका खुलेको समाचार आएको थियो ।









तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया