इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ । ब्राइटनसँग मंगलबार राति १–१ गोलको बराबरी खेलेसँगै चेल्सीको उपाधि यात्रा कठिन बनेको हो। सिजनको सुरुआतमा उपाधि यात्रामा पकड बनाउँदै आएको चेल्सीले पछिल्ला खेलहरुमा लय गुमाउँदै गएपछि उपाधि यात्राबाट टाढा रहँदै गएको छ ।
गएराती भ्रमणकारी टोलीमाथि ब्राईटन बाधक बन्यो । अमेरिकन एक्सप्रेस कम्युनिटी मैदानमा भएको उक्त खेलको अग्रता भने चेल्सीले लिएको थियो । २८औं मिनेटमा हाकीम जियेचले गोल गर्दै भ्रमणकारी टोली चेल्सीलाई अग्रता दिलाए । उनले कान्तेको पास सदुपयोग गरेका थिए ।
तर ६०औं मिनेटमै एडम वेवस्टेरले गोल गर्दै खेल बराबरी स्थितीमा ल्याए । बाँकी समय गोल नहुँदा चेल्सी अंक बाढ्न बाध्य भयो ।
नतिजासँगै चेल्सी २३ खेलबाट ४४ अंक सहित तेस्रो स्थानमा छ । जुन शीर्षस्थानको म्यानचेष्टर सिटीभन्दा १२ अंकले पछि हो । दोस्रो स्थानको लिभरपुल एक अंकले माथि रहेको छ । तर लिभरपुलले दुई खेल कम खेलेको छ । यता, ब्राईटन भने २१ खेलबाट २९ अंक सहित नवौं स्थानमा छ ।
















कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया