युरोपबाट कोरोना महामारीको अन्त्य हुनसक्ने : डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोपबाट कोरोना महामारीको अन्त्य हुनसक्ने संकेत गरेको छ।
डब्लुएचओ युरोपका निर्देशक हान्स क्लुगेले एएफपी समाचार एजेन्सीलाई भने, ‘कोरोनाको ओमिक्रोन भेरियन्टका साथ महामारी नयाँ चरणमा प्रवेश गरेको छ। जसले मार्चसम्म युरोपमा ६० प्रतिशत मानिसहरूलाई संक्रमित गर्न सक्छ र योसँगै अन्ततः महामारीको अन्त्य पनि हुनसक्छ।’
ओमिक्रोन भेरियन्टको तीव्र गतिमा विश्वका अधिकांश ठाउँमा फैलिरहेको छ। कोरोनाको यो खतरनाक भेरियन्टले महादेशको करिब ६० प्रतिशत जनसङ्ख्यालाई संक्रमित गर्ने बताइएको छ। क्लुगेले यो भाइरसको उत्परिवर्तन हुने क्षमताका कारण आवश्यक सावधानी अपनाउन पनि सुझाव दिए।
खोप लगाएकाहरुमा ओमिक्रोन भेरियन्टले डेल्टाभन्दा कम गम्भीर समस्या देखाएको अध्ययनबाट पनि पुष्टि भएको छ। यसले के पनि देखाएको छ कि कोरोना एक घातक महामारीबाट मौसमी फ्लुमा परिणत भइरहेको छ।
अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ ।
















गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
HoR election: 12 former ministers in fray in Sudurpaschim Province
कांग्रेस सभापति गगन थापा सर्लाहीमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया