नेपाल–मौरिसस भिडन्त
नेपाल पहिलो पटक मौरिससविरुद्ध मैदानमा

काठमाडौं । पहिलो पटक अफ्रिकी देश मौरिसससँग शनिबार नेपालले पहिलो मैंत्रीपूर्ण खेल खेल्दै छ ।
दुई मैंत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्दा सुखद नजिताको लक्ष्य लिएर मैदान उत्रिनेछ ।
उता भ्रमणकारी टोली मोरिसस भने नेपाललाई रोक्ने रणनीतिका साथ घरेलु टोलीको सामना गर्नेछ ।
केही सातादेखी मोरिसससँगको खेलका लागि तयारी गरिरहेको नेपालको लक्ष्य अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने हुनेछ ।
खेलको अघिल्लो दिन शुक्रबार (आज) पत्रकार सम्मेलनमा टोलीका कप्तान किरण चेम्जोङले शनिबार मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताए ।
पहिलो पटक ३४ खेलाडी राष्ट्रिय टोलीमा समावेश गरेका प्रशिक्षका अबदुल्लाह अलमुताइरी भने खेल अघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् ।
यसअघि सामाजिक सञ्जालमा नै मोरिससविरुद्धको खेल हारेमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जितेमा त्यसको सम्पूर्ण श्रेय खेलाडीलाई जाने बताएका प्रशिक्षक सामाजिक सञ्जालमा सक्रिय देखिए पनि एन्फाले आयोजना गरेको खेल अघिको पत्रकार सम्मेलनमा स्वास्थ्य समस्याका कारण उपस्थित नभएको सहायक प्रशिक्षकले श्रेष्ठले बताए ।
मुख्य प्रशिक्षक अलमुताइरीको स्थानमा पत्रकार सम्मेलनमा उपस्थित भएका सहायक प्रशिक्षक किरण श्रेष्ठले अफ्रिकी देश भएकाले शारिरिक हिसाबमा बलियो हुने भन्दै टोली संयमित हुँदै खेल्ने बताए ।
मैंत्रीपूर्ण खेल एसियन कप छनोटको तयारीको रुपमा रहेको भन्दै सहायक प्रशिक्षक श्रेष्ठले अघिल्ला खेलहरुमा भएका कमीकमजोरीलाई सुधार गर्दै सुखद् नतिजाका लागि खेल्ने बताए ।
यस्तै मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले लामो समयपछि राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय भ्रमण गरेको तथा आपूmभन्दा बलियो टोली भएकाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने बताए ।
शनिबार हुने पहिलो मैंत्रीपूर्ण खेलपछि नेपालले दोस्रो मैत्रिपूर्ण खेल मंगलबार खेल्दै छ । दशरथ रंगशालामा हुने खेल बेलुका ४ः४५ बजे हुँदैछ ।
सो खेलका लागि एन्फाले एक तिहाई दर्शकलाई प्रवेश अनुमति दिँदै छ । जसमा स्वास्थ मापदण्ड कडाईका साथ लागू हुनेछन् ।
प्रवेशका लागि दर्शकले अनिवार्य पूर्ण खोप लगाएको हुनु पर्नेछ भने रंगशालाको गेटमा नै एन्फाले एन्टिजेन परिक्षण गर्नेछ ।









हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया