नेपाल–मौरिसस भिडन्त
नेपाल पहिलो पटक मौरिससविरुद्ध मैदानमा

काठमाडौं । पहिलो पटक अफ्रिकी देश मौरिसससँग शनिबार नेपालले पहिलो मैंत्रीपूर्ण खेल खेल्दै छ ।
दुई मैंत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्दा सुखद नजिताको लक्ष्य लिएर मैदान उत्रिनेछ ।
उता भ्रमणकारी टोली मोरिसस भने नेपाललाई रोक्ने रणनीतिका साथ घरेलु टोलीको सामना गर्नेछ ।
केही सातादेखी मोरिसससँगको खेलका लागि तयारी गरिरहेको नेपालको लक्ष्य अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने हुनेछ ।
खेलको अघिल्लो दिन शुक्रबार (आज) पत्रकार सम्मेलनमा टोलीका कप्तान किरण चेम्जोङले शनिबार मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताए ।
पहिलो पटक ३४ खेलाडी राष्ट्रिय टोलीमा समावेश गरेका प्रशिक्षका अबदुल्लाह अलमुताइरी भने खेल अघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् ।
यसअघि सामाजिक सञ्जालमा नै मोरिससविरुद्धको खेल हारेमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जितेमा त्यसको सम्पूर्ण श्रेय खेलाडीलाई जाने बताएका प्रशिक्षक सामाजिक सञ्जालमा सक्रिय देखिए पनि एन्फाले आयोजना गरेको खेल अघिको पत्रकार सम्मेलनमा स्वास्थ्य समस्याका कारण उपस्थित नभएको सहायक प्रशिक्षकले श्रेष्ठले बताए ।
मुख्य प्रशिक्षक अलमुताइरीको स्थानमा पत्रकार सम्मेलनमा उपस्थित भएका सहायक प्रशिक्षक किरण श्रेष्ठले अफ्रिकी देश भएकाले शारिरिक हिसाबमा बलियो हुने भन्दै टोली संयमित हुँदै खेल्ने बताए ।
मैंत्रीपूर्ण खेल एसियन कप छनोटको तयारीको रुपमा रहेको भन्दै सहायक प्रशिक्षक श्रेष्ठले अघिल्ला खेलहरुमा भएका कमीकमजोरीलाई सुधार गर्दै सुखद् नतिजाका लागि खेल्ने बताए ।
यस्तै मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले लामो समयपछि राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय भ्रमण गरेको तथा आपूmभन्दा बलियो टोली भएकाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने बताए ।
शनिबार हुने पहिलो मैंत्रीपूर्ण खेलपछि नेपालले दोस्रो मैत्रिपूर्ण खेल मंगलबार खेल्दै छ । दशरथ रंगशालामा हुने खेल बेलुका ४ः४५ बजे हुँदैछ ।
सो खेलका लागि एन्फाले एक तिहाई दर्शकलाई प्रवेश अनुमति दिँदै छ । जसमा स्वास्थ मापदण्ड कडाईका साथ लागू हुनेछन् ।
प्रवेशका लागि दर्शकले अनिवार्य पूर्ण खोप लगाएको हुनु पर्नेछ भने रंगशालाको गेटमा नै एन्फाले एन्टिजेन परिक्षण गर्नेछ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया