काभ्रेमा विद्युतीय राहदानी वितरण सुरु

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आइतबारदेखि विद्युतीय राहदानी वितरण सुरु गरिएको छ ।
यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले आजबाट विद्युतीय राहदानी सेवा सुरु गरेको हो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यले लिएको नीति अनुसार छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट अब मेसिन रिडेवल पासपोर्टबाट ई–पासपोर्ट सेवा सुरु गरेको बताइन् ।
सो सेवा अहिले कोरोना सङ्क्रमण जोखिमका कारण आगामी माघ २१ गतेसम्मका लागि अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र वितरण भएको उनले बताइन् ।
घरमा नै विद्युतीय माध्यमबाट फर्म भरेर आवश्यक पर्ने विवरण प्रविष्ट गरेपछि उक्त सफ्ट कपिलाई कार्यालयबाट रुजु गर्ने काम हुने र त्यसैको आधारमा राहदानी वितरण हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन् ।
भरेको फर्म सिधैँ राहदानी विभागमा जाने भएकाले छिटो र सहज तरिकाले तत्कालै विद्युतीय राहदानी सेवा उपलब्ध हुने उनको भनाइ छ ।
विद्युतीय राहदानी फर्म भर्नका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भर्नुपर्ने भएकाले त्यसको लागि राष्ट्रिय परिचयपत्र नलिएकालाई सो सेवा पनि सँगसँगै दिने काम भएको काभ्रे जिल्ला प्रशासनले गरेको छ ।

















‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
पाकिस्तानको कराचीमा वर्षा : कम्तीमा १७ जनाको मृत्यु, ३० घाइते
प्रधानमन्त्री कार्की रारामा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया