बुधबार, वैशाख १०, २०८२

कोरोना महामारीबीच बेइजिङ ओलम्पिक सुरु (फोटोफिचर)

मेरोन्यूज २०७८ माघ २२ गते १४:३१

काठमाडौँ । बेइजिङ शीत कालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ ।

२४ औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्ति समारोहमा सरीक हुनुभएको छ । समारोहमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३० भन्दा बढी मुलुकका नेता उपस्थित भएका छन् ।

कोरोना भाइरस (कोभिड १९) महामारीका बीच चीनले ओलम्पिक उद्घाटन गरेको हो । यसै क्रममा केही देशले बेइजिङ ओलम्पिकलाई कूटनीतिक शैलीले बहिष्कार गरेका छन् ।

प्रतिक्रिया