मंगलबार, पुष १५, २०८२

नागढुंगाबाट लागू औषधसहित युवा पक्राउ

मेरोन्यूज २०७८ माघ २३ गते १२:३८

काठमाडौँ । प्रहरीले लागू औषधसहित एकजना पक्राउ गरेको छ । शनिबार साँझ काठमाडौँको चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगा चेक प्वाइन्टबाट एक जनालाई पक्राउ गरेको हो ।

रौतहटको गौरबाट आउँदै गरेको ना ७ ख ४७४९ नम्बरको यात्रु बाहक बस जाँच गर्ने क्रममा रौतहट इसनाथ नगरपालिका ९ बस्ने वर्ष २१ का सञ्जयकुमार महतो पक्राउ परेका हुन् ।

झोलाभित्र प्रतिबन्धित लागु औषध लुकाएको डाइजेपाम ६ सय एम्पुल, फेनेरग्रयान ६ सय एम्पुल र नुफिन ६ सय एम्बपुलसहित उनलाई नियन्त्रणमा लिई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया