बिहीबार, जेठ ८, २०८२

एलिस अलब्राइट एमसीसीको सीईओ नियुक्त

मेरोन्यूज २०७८ माघ २५ गते १९:५०

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा एलिस अलब्राइट नियुक्त भएकी छन् ।

अमेरिकी सिनेटले अलब्राइटलाई सीईओ अनुमोदन गरेको हो । अलब्राइटलाई गत अगस्टमा राष्ट्रपति जो बाइडेनले एमसीसीको सीईओमा मनोनयन गरेका थिए ।

अमेरिकाले आर्थिक विकासको माध्यमबाट गरिबी निवारण गर्ने उद्देश्यले सन् २००४ मा स्थापना गरेको एमसीसीको अलब्राइट छैटौं सीईओ बनेकी छन् ।

बैंकरको रुपमा व्यावसायिक जीवन सुरु गरेकी अलब्राइट बाराक ओबामा अमेरिकाको राष्ट्रपति हुँदा ग्लोबल पार्टनरसीप फर एजुकेसनकी सीईओ थिइन् । त्यसअघि उनी अमेरिकी एक्जिम बैंकको कार्यकारी भाइस प्रेसिडेन्स रहेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया