बिहीबार, पुष १०, २०८२

शेयरबजारमा सामान्य सुधार

मेरोन्यूज २०७८ फागुन २ गते १५:२५

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा आज सामान्य सुधार आएको छ ।

साताको पहिलो दिन आइतबार १०१.२४ अंकले घटेको नेप्से सोमवार भने शून्य दशमलव ८ विन्दुले बढेर दुई हजार सात सय दशमलव ९८ विन्दुमा पुगेको छ ।

आइतबार नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा झरेको थियो ।

त्यस्तै, सोमवार तीन अर्ब ६८ करोड ४० लाख बराबरको कारोबार भएको छ ।

सोमबार बुद्धभूमि जलविद्युतको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ भने नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी ५४ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया