शुक्रबार, पुष ११, २०८२

नेपाल बैंकको मोबाइल एप्स प्रयोग गर्दा केसीले पाए एक तोला सुन उपहार

मेरोन्यूज २०७८ फागुन ४ गते १६:५९

काठमाडौं । नेपाल बैंक लिमिटेडको बीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा एक तोला सुन उपहार प्राप्त गरेका छन् ।

फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्र्तगत केसीले एक तोला सुन उपहार प्राप्त गरेको बैंकका बीरगञ्ज शाखाका शाखा प्रवन्धक होमनाथ दाहालले बताए ।

बैंकको आदर्शनगर शाखामा गत माघ २७ गते एक कार्यक्रम गरी बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले उपहार हस्तान्तरण गरेका थिए ।

नेपाल बैंकले देशभरी २१३ शाखाहरु, १४८ वटा एटीएम र ४९ वटा एक्सटेन्सन काउण्टरबाट बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया