बर्दियाको ओराली बजारमा सिटिजन्स बैंकको शाखारहित सेवा सुरु
मेरोन्यूज
२०७८ फागुन ४ गते १७:१६

काठमाडौं । बर्दियाको मधुवन नगरपालिकास्थित ओराली बजारमा सिटिजन्स बैंकले शाखारहित सेवा सुरु गरेको छ ।
सोमवारबाट सेवा आरम्भ गरिएको ओराली बजारको ९३ ओैँ शाखारहित बैंकिङ्ग सेवा भएको बैंकका प्रवक्ता नारायणराज अधिकारीले बताए ।
ओराली बजारको शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
सिटिजन्स बैंकले देशैभरी आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट सेवा दिँदै आएको छ ।
सम्बन्धित
















हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
उदयपुर–२ मा श्रम संस्कृति पार्टीको अग्रता
रसुवामा कांग्रेसको अग्रता कायमै
मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
झापा–५ : ओलीभन्दा ४ हजार मतले बालेन अगाडि
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
प्रतिक्रिया