शुक्रबार, पुष ११, २०८२

सर्वाधिक हवाई टिकट बुकिङ्ग गरेका दुई जाेडीले पाए चन्द्रागिरि घुम्ने अवसर

मेरोन्यूज २०७८ फागुन ४ गते १७:३०

काठमाडौँ । आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याइएको अफर अन्तर्गत हवाई टिकट बुकिङ्ग गर्ने दुई जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल भएका छन् ।

क्याम्पियन अवधि ४ फेब्रुअरीदेखि १२ फेब्रुअरी २०२२ सम्म रहेकोे थियो । सोही अभियानका क्रममा विजेताहरुको घोषणा ‘लक्की ड्र’ मार्फत गरिएको छ ।

आइएमई पे मार्फत हवाई टिकट बुकिङ्ग गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्न सफल सेवाग्राहीहरु काठमाडौँका दिनेशकुमार निरौला र दुर्गा गुरुङ्गलाई पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा राखिएको एक विशेष कार्यक्रममा टिकट हस्तान्तरण गरिएको छ ।

सोही प्याकेजमा दुई जोडीलाई चन्द्रागिरी रिसोर्टको डिलक्स रुम, चन्द्रागिरी केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनर को एक्स्क्लुसिभ अफर रहेको छ ।

विगत केही वर्ष देखि आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा सर्वाधिक ६ सय रुपैयाँसम्म क्यासव्याक रहेको छ । आइएमई पे मार्फत हवाई टिकट निकै सहज ढङ्गले काट्न सकिने सेवाग्राहीहरुको प्रतिक्रिया रहेको आईएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटाले बताए ।

प्रतिक्रिया