शुक्रबार, फागुन २२, २०८२

शाओमीको नयाँँ आधिकारिक स्टोर इटहरीमा

मेरोन्यूज २०७८ फागुन ४ गते १७:५२

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अरुण एण्ड ब्रदर्स प्रा.लि.सँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँँ स्टोर खोलेको हो ।

आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्यसहित ब्राण्डले नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।

यो नयाँँ स्टोर खुलेपछि आफ्ना ग्राहकलाई किनमेल गर्न धेरै सजिलो हुने र सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने आफूहरुको उद्देश्य पनि पूरा हुने शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले बताए ।

इटहरीको यो नयाँँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुने जनाइएको छ ।

प्रतिक्रिया