आर्मी र हिमालयन शेर्पाबीचको खेल बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत बुधबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको २६औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
टेकबहादुर बुढाथोकीको पासमा उनले गोल गरे । तर त्यो आर्मीको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन ।
खेलको ६५औँ मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले आशिष गुरुङको पासमा गोल गरेका हुन ।
यस्तै, खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोलकिपर विकेश कुथुले रातोकार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो ।
हिमालयन शेर्पाका खेलाडी सुरेश कुमाललाई पेनाल्टी क्षेत्रबाहिर आएर फउल गरेपछि रेफ्री नवीन्द्र मर्हजनले विकेशलाई रातो कार्ड दिएका थिए ।
बराबरी खेलसँगै आर्मीले ११ खेलमा १९ अङ्क जोडेको छ ।
आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा यथावत् रहेको छ ।
त्यस्तै समान खेलको हिमालयन शेर्पाको १२ अङ्क भएको छ । हिमालयन शेर्पा अङ्क तालिकाको आठौँ स्थानमा रहेको छ ।


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उदयपुरमा आगोमा जलेर २ जनाको मृत्यु
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया