कुशल भुर्तेलले तोडे पारश खड्काको कीर्तिमान
मेरोन्यूज
२०७८ फागुन ७ गते १३:०६

काठमाडौँ । ओमानमा जारी टी २० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशत बनाएका छन् ।
सुरुवाती ब्याटिङमा गएका नेपालका आशिफ शेख गोल्डेन डक आउट हुँदै बाहिरिएका थिए । त्यसपछि गएका कुशल मल्ल दुई चौकासहित १२ रन बनाउँदै पभेलियन फर्किँए ।
अहिले कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी क्रिजमा छन् । भुर्तेलले ८.६ ओभरमा ३२ बलमा अर्धशतक पूरा गरे । योसँगै नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको कीर्तिमानी तोडिएको छ ।
टी २० आईमा नेपालका लागि सबैभन्दा धेरै अर्धशतक बनाउने कीर्तिमान खड्काले बनाएका थिए । अब यो कीर्तिमान भुर्तेलको नाममा गएको छ । खड्काले ३३ खेलबाट एक शतक र ५ अर्धशतक बनाएकोमा भुर्तेलले ८ खेलबाट अर्धशतक बनाएका हुन्।
सम्बन्धित


















मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया