शनिबार, पुष १२, २०८२

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो

मेरोन्यूज २०७८ फागुन ८ गते ११:०१

काठमाडौँ । सुनको मूल्य साताको पहिलो दिन आइतबार प्रतितोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया