ट्वान्टी–२० विश्वकप छनोट
नेपाललाई क्यानडाको मात्रै ८१ रनको चुनौति

काठमाडौँ । ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको लगातार दुई खेल जितेको नेपाललाई आजको खेलमा क्यानाडामा मात्र ८१ रनको झिनो लक्ष्य पेश गरेको छ ।
ओमानको मस्कटमा टस जितेर ब्याटिङ थालेको क्यानडा १५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८० रन जोड्न सक्यो । टस हारेर पहिले फिल्डिङ पाएको नेपालका खेलाडीले क्यानडालाई सस्तैमा समेट्न सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १२ रन खर्चिए ।
कमलसिंह ऐरीले पहिलो ओभरमै म्याथ्यु स्पुर्सलाई शून्यमा आउट रनमा आउट गरेका थिए ।
कमलले पाँचौं ओभरमा कप्तान नवनित धालिवालको पनि विकेट लिए । कमलले अविनाश बोहरासँग मिलेर ओपनर रायन पठानलाई १४ रनमा रनआउट गरे । साद बिन जाफर पनि २ रनमा रनआउट भए । अविनाशले २ र कुशल मल्लले १ विकेट लिए ।
नेपालले गुलशन झाको स्थानमा कमललाई र शरद भेषवाकरको स्थानमा कुशल मल्ललाई खेलाएको थियो । दोस्रो इनिङमा नेपालले ब्याटिङ गरिरहेको छ ।
नेपालले क्यानडालाई पराजित गरेमा समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने छ ।
बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित एको यूएई समूह उपविजेता भएर सेमिफाइनल पुगेको छ भने । आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसअघिको दुई खेलमा नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनको फराकिलो स्कोरले जितेको थियो ।


















कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया