आइतबार, पुष १३, २०८२

निक्षेप संकलनमा पहिलो बन्यो नेपाल बैंक

मेरोन्यूज २०७८ फागुन १० गते १८:१३

काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्घि गरेको छ ।
गत माघ महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन बृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा देखिएको छ । कर्जा विस्तारमा बृद्घिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ ।
गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६ प्रतिशतले बृद्घि हुनुका साथै कर्जा विस्तार २८.५१ प्रतिशतले बृद्घि भएको छ ।

२७ बाणिज्य बैंकहरुमध्ये १६ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्घि हुँदा १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट आएको छ ।

बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्घिदर १०.३७ प्रतिशत रहेको छ ।

त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्घि भएको छ ।

नेपालभर २१३ शाखा, १४७ एटीएम तथा ४७ वटा एक्टेन्सन काउन्टरमार्फत यो बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया