टी–२० विश्वकप छनोट
दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना अधुरै
यूएई ६८ रनले विजयी

काठमाडौं । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा पराजित भएसँगै नेपालको विश्वकपमा पुग्ने सपना तुहिएको छ ।
समूह चरणको खेलमा तीनै खेल जितेर समूह विजेता भई सेमिफाइनलमा पुगेको नेपालले यूएईसँग पराजित भएसँगै विश्वकप खेल्नबाट चुकेको छ ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले नेपालसामु १ सय ७६ रनको चुनौति प्रस्तुत गरेको थियो ।
नेपाल १८.४ ओभर खेल्दा सबै विकेट गुमाउँदै मात्र १ सय ७ रनमा समेटियो ।
समूह चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरी नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि नेपाल ८ वर्षपछि पुनः विश्वकप खेल्न आशा गरिएको थियो ।
यूएईसँगको खेलमा पहिलो ओभरमै दुई विकेट गुमाएको नेपालका आसिफ शेख चौथो बलमा र लोकेश बम पाँचौ बलमा सून्य रनमा आउट भए ।
तीन ओभरमा रहँदा कुशल भुर्तेल मात्रै ७ रनमा आउट भए भने आरिफ शेख ११ रनमा मैदानबाट बाहिरिए ।
दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले नेपालको इनिङ्स उकास्न खोजे पनि सफल भएनन् । दीपेन्द्र ३८ रन र ज्ञानेन्द्र २० रन जोडेर आउट भए ।
नेपालको आशा राखिएका खेलाडी कप्तान सन्दीप लामिछाने मात्र ४ रनमा आउट भए भने विवेककुमार यादव ८ रनमा पेभेलियन फर्किए । कमलसिंह ऐरी ४ रन र जितेन्द्र मुखिया ५ रनमा आउट भए भने अविनास बोहोराले नट आउट १ रन जोडेका थिए ।









आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया