‘ए’ डिभिजन लिगः आर्मी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । संकटा क्लबविरुद्ध ३–१ अन्तरको जितसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
मंगलबार दशरथ रंगशालमा भएको दोस्रो खेलमा आर्मीको जितमा सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । संकटाका लागि उत्तम राईले सान्त्वना गोल गरे ।
खेलमा आर्मीले पुनरागमन गर्दै तीन अंक जोडेको हो । आर्मीले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको १४औं मिनेटमा उत्तम राईले गोल गर्दा संकटाले अग्रता बनायो । पहिलो हाफमा १–० ले पछि परेको आर्मीलाई सन्तोषले खेलमा फर्काए । उनले ५९औं मिनेटमा गोल गरे ।
जर्जप्रिन्सले ७३औं मिनेटमा गोल गर्दा आर्मीले २–१ को अग्रता बनायो । बैकल्पिक खेलाडी टेक बहादुर बुढाथोकीले खेल सकिन ५ मिनेट बाँकी हुँदा गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।
जितसँगै आर्मी १२ खेलबाट २२ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ ।
यता, संकटा भने लगातार खराब प्रदर्शन पछि समान खेलबाट १५ अंक जोड्दै सातौँ स्थानमा झरेको छ ।
यस अघि मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै दोस्रो स्थानमा पुगेको एनआरटी फुटबल क्लब तेस्रो स्थानमा झरेको हो ।
जारी लिगको १२औं चरणका खेल सकिँदा मछिन्द्र च्याम्पियन भइसकेको छ भने च्यासल यूथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो डिभिजनमा घटुवा भएको छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया