‘ए’ डिभिजन लिगः आर्मी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । संकटा क्लबविरुद्ध ३–१ अन्तरको जितसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
मंगलबार दशरथ रंगशालमा भएको दोस्रो खेलमा आर्मीको जितमा सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । संकटाका लागि उत्तम राईले सान्त्वना गोल गरे ।
खेलमा आर्मीले पुनरागमन गर्दै तीन अंक जोडेको हो । आर्मीले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको १४औं मिनेटमा उत्तम राईले गोल गर्दा संकटाले अग्रता बनायो । पहिलो हाफमा १–० ले पछि परेको आर्मीलाई सन्तोषले खेलमा फर्काए । उनले ५९औं मिनेटमा गोल गरे ।
जर्जप्रिन्सले ७३औं मिनेटमा गोल गर्दा आर्मीले २–१ को अग्रता बनायो । बैकल्पिक खेलाडी टेक बहादुर बुढाथोकीले खेल सकिन ५ मिनेट बाँकी हुँदा गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।
जितसँगै आर्मी १२ खेलबाट २२ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ ।
यता, संकटा भने लगातार खराब प्रदर्शन पछि समान खेलबाट १५ अंक जोड्दै सातौँ स्थानमा झरेको छ ।
यस अघि मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै दोस्रो स्थानमा पुगेको एनआरटी फुटबल क्लब तेस्रो स्थानमा झरेको हो ।
जारी लिगको १२औं चरणका खेल सकिँदा मछिन्द्र च्याम्पियन भइसकेको छ भने च्यासल यूथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो डिभिजनमा घटुवा भएको छ ।
















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया