सोमबार, पुष २८, २०८२

बानेश्वरमा भएको झडपमा दुई जना घाइते

मेरोन्यूज २०७८ फागुन १२ गते १७:४२

काठमाडौं । एमसीसी विरुद्ध बिहीबार नयाँ बानेश्वरमा भएको प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा तीन जना घाइते भएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा पत्रकारसहित दुई जना घाइते भएका हुन् ।

घाइते भएका एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजगको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।

बानेश्वर प्रहरीका अनुसार उनको टाउको र शरीरमा चोट लागेको छ ।

प्रतिक्रिया