मंगलबार, पुष २९, २०८२

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०७८ फागुन १३ गते ६:२८

काठमाडौँ । विदेशी मुद्रासहित एक भारतीयलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट गए राति मलेसियाको क्वालालम्पुर प्रस्थान गर्न लागेका आरिस नाम गरेका भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

अवैध विदेशी मुद्रा (३८ हजार ९०० मलेसियन रिङ्गेट)सहित उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । विमान स्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनको झोलाबाट विदेशी मुद्रा बरामद गरिएको हो ।

उक्त विदेशी मुद्रा अवैध रूपमा बाहिरी मुलुक लैजान लागेको फेला पारिएकाले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया