‘ए’ डिभिजन लिगः बराबरी खेल्दै संकटा र जावलाखेलकाे विदाइ

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आजको खेलमा संकटा क्लव र जावलाखेल बराबरी खेलेका छन् ।
जावलाखेल युथ क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेर ‘ए’ डिभिजन लिग–२०७८ अन्त्य गरेको छ ।
बराबरीसँगै लिगमा १६ अंक जोडेको संकटा तालिकाको सातौं स्थानमा रह्यो । संकटाले लिगमा १३ खेलमध्ये तीन जित, सात बराबर र तीन खेलमा हारको नतिजा आत्मसात ग¥यो ।
यस्तै, तीनमा जित, चारमा बराबर र पाँच खेलमा पराजय बेहोरेको जावलाखेलले १४ अंकसहित लिगको अन्त्य ग¥यो। जावलाखेल तालिकाको नवौं स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १५औं मिनेटमा सुनिल खड्काले गरेको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । १५औं मिनेटमा ओन्गुना जुनियरको क्रसमा सुनिलले वान टच फिनिस गरे ।
उत्तम राईले ६१औं मिनेटमा गोल गरेपछि संकटा खेलमा फर्किएको थियो । सुवास गुरुङको कर्नरमा उत्तमले हेडमार्फत बललाई जाली चुमाएका थिए ।
लिगमा ११औं चरण चलिरहँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । त्यस्तै, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।










प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया