‘ए’ डिभिजन लिगः बराबरी खेल्दै संकटा र जावलाखेलकाे विदाइ

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आजको खेलमा संकटा क्लव र जावलाखेल बराबरी खेलेका छन् ।
जावलाखेल युथ क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेर ‘ए’ डिभिजन लिग–२०७८ अन्त्य गरेको छ ।
बराबरीसँगै लिगमा १६ अंक जोडेको संकटा तालिकाको सातौं स्थानमा रह्यो । संकटाले लिगमा १३ खेलमध्ये तीन जित, सात बराबर र तीन खेलमा हारको नतिजा आत्मसात ग¥यो ।
यस्तै, तीनमा जित, चारमा बराबर र पाँच खेलमा पराजय बेहोरेको जावलाखेलले १४ अंकसहित लिगको अन्त्य ग¥यो। जावलाखेल तालिकाको नवौं स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १५औं मिनेटमा सुनिल खड्काले गरेको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । १५औं मिनेटमा ओन्गुना जुनियरको क्रसमा सुनिलले वान टच फिनिस गरे ।
उत्तम राईले ६१औं मिनेटमा गोल गरेपछि संकटा खेलमा फर्किएको थियो । सुवास गुरुङको कर्नरमा उत्तमले हेडमार्फत बललाई जाली चुमाएका थिए ।
लिगमा ११औं चरण चलिरहँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । त्यस्तै, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।



















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उदयपुरमा आगोमा जलेर २ जनाको मृत्यु
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया