नेपाल इन्भेष्टमेण्ट बैंक स्थापनाको ३६ वर्ष पूरा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ बर्ष पूरा गरेको छ ।
बैंकले गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित÷राजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय सेवा प्रदान गर्न बैंक सफल भएको छ ।
पाँच पटकसम्म बैंक अफ दी इयर तथटा युरो मनी अवार्टबाट सम्मानित भई ३६ बर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकवर्गहरुमा उत्कृष्ट सेवा पस्कँदै आफ्नो दरिलो पहिचान बनाउन बैंक सक्षम रहेको छ ।
बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान, वृद्धाश्रम÷बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक “बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा”को विमोचन कार्यक्रमहरु बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरुले सञ्चालन गरेका छन् ।
यसका साथै ग्राहकवर्गसँगको अटुट सम्बन्ध कायमै रहने अपेक्षा सहित बैंकले “निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता” समेत सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

















३४ स्थानमा रास्वपा विजयी, ८५ क्षेत्रमा अग्रता
पर्सा – २ मा रास्वपाका कानु विजयी
नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
धनकुटामा एमालेको अग्रता, पछ्याउदै श्रम संस्कृति
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया