कोका–कोलाको ‘कान्छु प्याक’ नेपाली बजारमा

काठमाडौं । कोका–कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल नेपालमा ल्याएको छ । कान्छु बोतल जम्मा रु.२५ मा १७५ एमएलको आरजीबी(रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध रहेको छ ।
नेपाली भाषाको कोका–कोला लोगोसहित आएको कान्छु प्याकले नेपाली उपभोक्ताहरुसँग अझै नजिकको सम्बन्ध जोड्ने कम्पनीले विश्वास गरेको छ ।
यो कान्छु बोतललाई वातावरण–मैत्री बनाउनको लागि पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहन्छ ।
यो रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालको सबै डिपार्ट्मेन्ट स्टोर र किराना पसलहरुमा फ्यान्टा र स्प्राइटको लागि पनि उपलब्ध रहेको जनाइएको छ ।
नेपाली उपभोक्ताहरुलाई धेरै भन्दा धेरै चोइसेजहरु प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले बताए ।
यस्तै, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले यो नयाँँ कान्छु प्याक सबैभन्दा अफोर्डेबल मात्र नभएर यसको प्याकेजिङ नै विशेष गरी नेपाली उपभोक्ताहरुलाई ध्यानमा राखेर नेपाली नाम र नेपाली लोगोसहित डिजाइन गरिएको बताए ।
कान्छु बोतल जस्तै कोका–कोलाले सन् २०१९ मा २५० एमएलको जिग्री प्याक लन्च गरेको थियो जुन हल्का भएकोले जहाँसुकै बोक्न र जुनसुकै समयमा पिउन उपभोक्तालाई सजिलो थियो ।











उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया