युक्रेन संकटको कारक अमेरिका : उत्तर कोरिया

काठमाडौँ । उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ । रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो ।
अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ । अमेरिका निकट हुदै गएकोप्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालयको वेभसाइटमा अमेरिकाले युक्रेनलाई उक्साए पनि सहयोग नगरेर दोहोरो भूमिका खेलेको लेखिएको छ । शान्ति र स्थायित्वको नाममा अमेरिकाले अरु देशको आन्तरिक मामिलामा खेल्ने गरेको आरोप पनि उत्तर कोरियाले लगाएको छ ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभुत्व कायम राख्नका लागि अमेरिकाले अन्य देशहरुको आन्तरिक मामिलामा चलखेल गर्ने गरेको उत्तर कोरियाको भनाई छ ।
















गगन थापाले भने- हतार र हतासमा राजीनामा दिएको थिइनँ
आमाको नामबाट तीन हजारले लिए नागरिकता
इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’का विजेताहरूलाई पुरस्कार वितरण
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया