जितसँगै दूरी घटाउँदै बार्सिलोना
मेरोन्यूज
२०७८ फागुन १६ गते ७:१६

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत एथ्लेटिको क्लबविरुद्ध आइतबार राति प्राप्त ४–० को सहज जितसँगै बार्सिलोनाले शीर्ष तीनको दूरी घटाएको छ । घरेलु मैदान क्याम्प नोउको प्रभावशाली जितसँगै बार्सिलोनाले तेस्रो स्थानको रियल बेटिससँगको दूरी एक अंकमा घटाएको हो ।
बार्सिलोना २५ खेलबाट ४५ अंक जोड्दै चौथो स्थानमा छ भने बेटिस २६ खेलबाट ४६ अंकसहित तेस्रो स्थानमा छ । २६ खेलबाट ६० अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ ।
बार्सिलोनाको १२औं जितमा पिएरे एमरिक औबामेयाङ, औसमाने डेम्बेले, लुक डि जङ र मेम्पिस डिपाएले १(१ गोल गरे । पहिलो हाफमा १ गोल गरेको क्याटलान क्लबले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । पराजित एथ्लेटिको २६ खेलबाट ३७ अंकसहित आठौं स्थानमा छ ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया