जितसँगै दूरी घटाउँदै बार्सिलोना
मेरोन्यूज
२०७८ फागुन १६ गते ७:१६

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत एथ्लेटिको क्लबविरुद्ध आइतबार राति प्राप्त ४–० को सहज जितसँगै बार्सिलोनाले शीर्ष तीनको दूरी घटाएको छ । घरेलु मैदान क्याम्प नोउको प्रभावशाली जितसँगै बार्सिलोनाले तेस्रो स्थानको रियल बेटिससँगको दूरी एक अंकमा घटाएको हो ।
बार्सिलोना २५ खेलबाट ४५ अंक जोड्दै चौथो स्थानमा छ भने बेटिस २६ खेलबाट ४६ अंकसहित तेस्रो स्थानमा छ । २६ खेलबाट ६० अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ ।
बार्सिलोनाको १२औं जितमा पिएरे एमरिक औबामेयाङ, औसमाने डेम्बेले, लुक डि जङ र मेम्पिस डिपाएले १(१ गोल गरे । पहिलो हाफमा १ गोल गरेको क्याटलान क्लबले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । पराजित एथ्लेटिको २६ खेलबाट ३७ अंकसहित आठौं स्थानमा छ ।
सम्बन्धित


















मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया