जर्मनी र स्वीडेनपछि युरोपेली युनियनले दियो युक्रेनलाई हतियार

काठमाडौँ । रुसी सेनाको वायु तथा स्थल हमलालाई काउन्टर दिन युरोपेली देशहरुले युक्रेनलाई हतियार सहयोग गर्ने भएको छ । किभको अनुरोधमा इयुले लडाकु जेट पठाउने तयारी गरेको ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् ।
‘हामीहरुले लडाकु जेटसमेत प्रदान गर्न लागिरहेका छौँ, हामी केबल हतियारको मात्र कुरा गरिरहेका छैनौँ, युक्रेनलाई युद्धमा जान आवश्यक अझै बढी महत्वपूर्ण हतियार प्रदान गरिरहेका छौँ,’ पत्रकार सम्मेलनमा उनले भने ।
यसअघि युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशलाई युक्रेनी सेनाले सञ्चालन गर्न सक्ने खालका लडाकु विमानहरू आवश्यक भएको र केही सदस्य राष्ट्रहरूसँग त्यस्ता विमान भएको बताएका थिए । जर्मनीले युक्रेनलाई मद्दत गर्न एक हजार एन्टी ट्याङ्क हतियार र भूमिबाट वायुमा मार हान्न प्रयोग हुने स्टिङगर ५ सय थान पठाएको छ ।
त्यस्तै, स्वीडेनले पनि युक्रेनलाई हतियार सहयोग प्रदान गरेको छ । सन् १९३९ मा हिटलर र स्टालिनले फिनल्याण्डमा आक्रमण गरेपछि स्वीडेनले पहिलोपटक युद्ध क्षेत्रमा हतियार पठाएको हो ।
राष्ट्र संघअन्तर्गतको शरणार्थीसम्बन्धी निकायले रुसी हमलामा दशौं हजार विस्थापित भएको जनाएको छ । अधिकांश मानिस पोल्यान्डमा शरण लिइरहेका छन् । त्यसबाहेक हंगेरी, रोमानिया, मोल्डोभा र स्लोभाकियामा आश्रय खोजिरहेका छन् ।
यसैबीच, क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले युद्धबाट बच्न नागरिकलाई कोरिडोर बनाउन आह्वान गरेका छन् ।
















पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा मनोनयन दर्ता
सेयर बजारमा हरियाली, ४२ अंकले बढ्दा कारोबार कति ?
काठमाडौं – ३ मा कुलमानले दर्ता गराए उम्मेदवारी
काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया