सोमबार, पुष १४, २०८२

बोटको उच्च स्तरीय उत्पादन नेपालमा

मेरोन्यूज २०७८ फागुन १६ गते १८:१४

काठमाडौँ । भारतको नम्बर एक वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगीनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरुको लागि टेलिटक नेसनल डिस्ट्रिब्युटर रहने छ । यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरुले समयको मागसंगै उच्च गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरु उपभोग गर्न पाउनेछन् ।

आफ्ना उत्पादनहरु नेपालमा पनि ल्याउन पाउँदा अत्यन्तै उत्साहित भएको इम्याजिन मार्केटिङ लिमिटेडका सीईओ विवेक गम्भीरले बताए ।

बोटको लागि नयाँ बजारमा प्रवेश गर्नु महत्वपूर्ण कोसेढुङ्गा हो । इम्याजिन मार्केटिङ लिमिटेडले बोट ल्याब्स मार्फत उत्पादनहरूको डिजाइन, अनुसन्धान, विकास र प्रविधि जस्ता प्लेटफर्महरू विकास गर्नमा ठुलो लगानी गरेको छ ।

कम्पनीले ब्लुटुथ इनेबल्ड हियरेबल प्रोडक्ट्स र अन्य इलेक्ट्रोनिक उत्पादनहरू निर्माण र विकास गर्नको लागि हालै डिक्सन टेक्नोलोजी लिमिटेडसँग जोइन्ट भेन्चरमा प्रवेश गरेको छ ।

बोटले वर्षौंदेखि स्टाइलिश र राम्रो काम गर्ने उच्च–गुणस्तरीय अडियो उपकरणहरू मार्फत आफ्नो बलियो ब्रान्ड इक्विटी निर्माण गरेको टेलिटक प्रा.लि.का कार्यकारी निर्देशक प्रतीक जलानले जानकारी दिए ।

प्रतिक्रिया