शनिबार, फागुन २३, २०८२

नियामक निकायका नेतृत्वलाई अर्थमन्त्रीको निर्देशन : सेयर बजारका विकृति सुधार्नुस्

मेरोन्यूज २०७८ फागुन १८ गते १५:१०

काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्माले सेयर बजारमा देखिएको विकृति सुधार्न निर्देशन दिएका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलगायतको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित पुँजीबजारको वर्तमान अवस्था सम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले त्यस्तो निर्देशन दिएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘बजारमा समस्यै समस्या छन् । समस्या समाधान गर्न नसकेकै कारण यो क्षेत्रका नियामक निकायका नेतृत्वलाई हटाउनु परेको हो,’ उनले भने, ‘अब सुधार गर्ने जिम्मा तपाईहरुको हो ।’

अर्थमन्त्री शर्माले बजारमा भित्री कारोबार, कर्नरिङलगायत गतिविधि बढेकाले लगानीकर्ताको सम्पत्तिको सुरक्षाका लागि विशेष प्रवन्ध मिलाउनुपर्नेमा पनि जोड दिए ।

बजार सुधारका लागि आवश्यक जस्तो सहयोग गर्न पनि अर्थ मन्त्रालय तयार रहेको अर्थमन्त्री शर्माको भनाई थियो ।

प्रतिक्रिया