अष्ट्रेलियाका पूर्व स्पिनर शेन वार्नको निधन

काठमाडौं । अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व बलर शेन वार्नको निधन भएको छ । अस्ट्रेलियन टोलीका पूर्व लेग स्पिनर ५२ वर्षीय वार्नको शुक्रबार ‘शंकास्पद हृदयघात’ का कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् ।
वार्नले सन् १९९२ मा भारतविरुद्धको टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए ।यस्तै, उनले सन् १९९३ मा भएको न्युजिल्यान्डविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । वार्न लेग स्पिनमा उत्कृष्ट ‘टर्न’ का लागि विश्वभर प्रख्यात थिए ।
सन् १९६९ को सेप्टेम्बर १३ मा जन्मिएका वार्नले एक सय ४५ टेस्ट र एक सय ९४ एकदिवसीय गरी अस्ट्रेलियाबाट तीन सय ३९ खेल खेलेका छन् । उनले टेस्ट क्रिकेटका दुई सय ७३ इनिङ्समा सात सय आठ विकेट लिएका छन् । यस्तै उनले एक सय ९१ एकदिवसीय इनिङ्समा दुई सय ९३ विकेट लिएका छन् ।
वार्नले टेस्ट र एकदिवसीयमा अस्ट्रेलियाबाट चार हजार एक सय ७२ रन बनाएका छन् ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया