केन्टका इलेक्ट्रिक सामाग्रीको रिटेलर सम्मेलन जनकपुरमा सम्पन्न

जनकपुर । केन्ट इलेक्ट्रिकले आफ्ना सम्बन्धित रिटेल ग्राहकलाई लक्षित गर्दै रिलेटर सम्मेलन सम्पन्न गरेको छ ।
रिटेलरहरुलाई मध्यनजर गरी जनकपुरस्थित सिताशरण होटलमा रिटेलर सम्मेलन आयोजना गरिएको हो ।
एक सय भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा केन्टले आफ्ना सम्पूर्ण इलेक्ट्रिक सामाग्रीहरु (फ्यान, मोडुलर स्विच, गिजर, हिटर आदी) को प्रदर्शन गरि उक्त सामाग्रीहरुको बारेमा बिस्तृत जानकारी दिएको थियो ।
कार्यक्रममा आफ्ना उत्कृष्ट रिटेलरलाई विभिन्न अवार्ड समेत वितरण गरिएको थियो ।
साथै आफ्ना रिटेलर ब्यापारीहरुलाई प्रोत्सान गर्नका निम्ति केन्टले विभिन्न किसिमका आकर्षक योजनाहरु पनि सोही कार्यक्रममार्फत घोषणा गरेको छ ।
सम्मेलनमा केन्ट भारतका प्रबन्ध निर्देशक चिराग गुप्ता र एक्पोर्ट हेड दीपक अग्रवाल लगायत सीजी इ.ओ.एल.का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
केन्टले विभिन्न इलेक्ट्रीक उत्पादनहरु चौधरी ग्रुपको साझेदारीका रुपमा नेपालमा विक्री तथा वितरण गर्दै आएको छ ।
आगामी दिनमा आफ्ना ग्राहक, डिलर, रिटेलरहरु माझ यस्तै, विभिन्न कार्यक्रमहरु गर्ने बारेमा पनि केन्टले प्रतिबद्धता जाहेर गरेको छ ।













मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया