नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई पोखराको अतिथि रिसोर्टमा विशेष छुट

काठमाडौं । नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई पोखरास्थित अतिथि रिसोर्टमा विशेष छुट सुविधा हुने भएको छ ।
नेपाल बैंक र अतिथि रिसोर्टबीच यहि फाल्गुण २० गते भएकोे सम्झौताअनुसार २५ प्रतिशतसम्म विशेष छुट हुने भएको हो ।
नेपाल बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई र नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई अतिथि रिसोर्टमा आवासमा २५ प्रतिशत, पेय पदार्थमा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्धक निर्देशक भरतराज शर्माले हस्ताक्षर गरेका छन् ।
गण्डकी प्रदेशको पोखरामा भएको कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले अतिथि रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई विषेश छुट प्रधान गर्ने निर्णय गरेकोमा रिेसोर्टप्रति आभार प्रकट गरे ।
अतिथि रिसोर्टका प्रबन्धक निर्देशक शर्माले नेपालको ठूलो र सबल बैंकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
सम्झौता कार्यक्रममा नेपाल बैंक गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठ, नेपाल बैंक बजारीकरण तथा अनुसन्धान डिभिजन प्रबन्धक कृष्णहरी बुढाथोकी, बैंकका कर्मचारीहरु र अतिथि रिसोर्टका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

















अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
रुपन्देही–५ मा रास्वपाका खान विजयी
दैलेख–२ मा एमालेका पोखरेल विजयी
समानुपातिकतर्फ करिब ६ लाख मतगणना हुँदा कुन दलकाे कति ?
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
प्रतिक्रिया