सोमबार, पुष १४, २०८२

नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई पोखराको अतिथि रिसोर्टमा विशेष छुट

मेरोन्यूज २०७८ फागुन २३ गते १४:५५

काठमाडौं । नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई पोखरास्थित अतिथि रिसोर्टमा विशेष छुट सुविधा हुने भएको छ ।

नेपाल बैंक र अतिथि रिसोर्टबीच यहि फाल्गुण २० गते भएकोे सम्झौताअनुसार २५ प्रतिशतसम्म विशेष छुट हुने भएको हो ।

नेपाल बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई र नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई अतिथि रिसोर्टमा आवासमा २५ प्रतिशत, पेय पदार्थमा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्धक निर्देशक भरतराज शर्माले हस्ताक्षर गरेका छन् ।

गण्डकी प्रदेशको पोखरामा भएको कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले अतिथि रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई विषेश छुट प्रधान गर्ने निर्णय गरेकोमा रिेसोर्टप्रति आभार प्रकट गरे ।

अतिथि रिसोर्टका प्रबन्धक निर्देशक शर्माले नेपालको ठूलो र सबल बैंकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

सम्झौता कार्यक्रममा नेपाल बैंक गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठ, नेपाल बैंक बजारीकरण तथा अनुसन्धान डिभिजन प्रबन्धक कृष्णहरी बुढाथोकी, बैंकका कर्मचारीहरु र अतिथि रिसोर्टका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया