सोमबार, वैशाख २८, २०८३

रंगेलीका मेयर एमाले प्रवेश गर्दै, माओवादीद्वारा निर्वाचन आयोगमा कारबाहीको सिफारिस

मेरोन्यूज २०७८ फागुन २५ गते ९:५०

विराटनगर । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) छाडेर आज नेकपा (एमाले) प्रवेश गर्दैछन् । आज रंगेलीमा एमाले अध्यक्ष केपी ओलीको उपस्थितिमा हुने सभामा बगडिया एमाले प्रवेश गर्दैछन् ।

Advertisement
NiccNicc

तर माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले विज्ञप्ति जारी गर्दै बगडियाले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाहीका लागि आयोगलाई सिफारिस गरेको छन् ।

‘पार्टीको चुनाव चिह्नबाट नगरप्रमुखमा निर्वाचित भएकाले नगर प्रमुख पदबाट निष्कासन गर्न पार्टीको केन्द्रीय कार्यालयमार्फत निर्वाचन आयोगलाई सिफारिस गरिएको व्यहोरा अवगत गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।
२०७८ साल फागुन १५ गतेदेखि लागु हुनेगरी पार्टीको साधारण सदस्यबाट उनलाई निस्काशन गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि उनले स्थानीय चुनावकै मुखमा कांग्रेस छाडेर माओवादी रोजेका थिए ।
बगडिया इँटालगायत उद्योग संचालन गरेका छन् । आफ्नो व्यवसायमा मात्र ध्यान दिएको र पार्टीको कामलाई वास्ता नगरेको माओवादी केन्द्रको आरोप छ। विज्ञप्तिमा बगडियाले छर्ने कुनै पनि भ्रमको पछाडि नलाग्न रंगेली नगर कमिटीका स्थानीय नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकमा अपिल गरिएको छ। 

प्रतिक्रिया