बेरोजगार सूचीकृत हुन सरकारले खोल्यो निवेदन (सूचनासहित)
फागुन महिना भित्र निवेदन दिन सरकारको आग्रह

काठमाडौं । तपाई १९ वर्ष देखि ५९ वर्ष उमेर समुहको हुनुहुन्छ ? अनि के तपाई यो उमेर समुहमा बेरोजगार वसिरहनुभएको छ ? यदि छ भने र बेरोजगार सूचीमा सूचीकृत हुन चाहनुभएको छ भने सूचीकृत हुनका लागि आवेदन खुलेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिलाई सूचिकृत हुन आग्रह गदै आवेदन खोलेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले सूचना जारी गर्दै बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्न आग्रह गरेको हो । मन्त्रालयले त्यस्तो सूचना आज जारी गरेको हो ।
प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पूरा गरेका नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन निवेदन दिनु पर्ने सूचनामा उल्लेख छ ।
फागुन महिना भरी आर्थिक वर्ष २०७९/०८० को लागि निवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।
हेर्नुहोस् सूचना


















झापा ५ मा झन्डै ५० हजार मतान्तरले ओलीलाई हराउँदै बालेन शाह विजयी
कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया