दुई लाख नेपाली विदेशीए, पाँच खर्ब ४० अर्ब विप्रेषण भित्रियो

देशभित्र रोजगारीको अवसर नपाएपछि दुई लाख बढी नेपाली नागरिक विदेशिएका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा बढेको पाइएको हो । एक विवरणअनुसार गत माघ मसान्तसम्म कूल दुई लाख १०२ नेपाली रोजगारीको खोजीमा विदेशिएका हुन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८५.४ प्रतिशतले घटेको थियो । गत माघ मसान्तसम्मको विवरणअनुसार एक लाख ५२ हजार ३२५ जनाले पुनःश्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २६६ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनकि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा उल्लेख्य मात्रामा नेपाली नागरिक रोजगारीको खोजीमा विदेशिए । हरेक दिन जसो विभिन्न वायु सेवा प्रदायकले नेपाली युवा बाकेर धावनमार्ग छाड्यो । काम गर्ने उमेर समूहका मानिस विदेशिनु आफँैमा देशका लागि राम्रो मानिदैन ।
एकातिर विदेशिने नेपालीको सङ्ख्यामा बढोत्तरी हुनु, अर्कोतर्फ विप्रेषणको आप्रवाह ओरालो लाग्नु आफँैमा अमिल्दो देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरणमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु पाँच खर्ब ४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई चार अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु ६०३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।

















कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित
कैलाली-५ : प्रेम आलेलाई हराउँदै रास्वपाका चन्द निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
प्रतिक्रिया