आइतबार, चैत २९, २०८२

रूसी सेनाद्वारा युक्रेनी मेयरको अपहरण

मेरोन्यूज २०७८ फागुन २८ गते ९:४८

काठमाडौँ । रूसले युक्रेनमाथि सैन्य हमला गरेको १७ दिन भएको छ । युद्धका कारण २५ लाख सर्वसाधरणले देश छाडेर पलायन भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै, युद्धका क्रममा रुसले युक्रेनको मेलिटोपोल सहरको मेयर इवान फेडोरोवको अपहरण गरेको समाचारमा जनाइएको छ । युक्रेनी एक संसदले ट्वीटर एकाउण्टमार्फत मेयरको अपहरण भएको जानकारी दिएको हो ।

आफ्नो सहरको मेयरको अपहरणपछि राष्ट्रपति जेलेन्स्कीले यो आतक‌कारी आइएसको जस्तै व्यवहार भएको आरोप लगाएका छन् । जेलेन्स्की भने, ‘यो रूसी सेनाको कमजोरीका संकेत हो, उनीहरू आतंकको तहमा पुगेका छन्, मेलिटोपोलका मेयरको अपहरण एक अपराध हो, रूसी सेना इस्लामिक स्टेटको आतंकवादी जस्तै हर्कत गर्दै छ ।’

प्रतिक्रिया