युनाइटेडको जितमा रोनाल्डोले बनाए विश्व कीर्तिमान

काठमाडौँ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटनहमबिरुद्ध ३–२ अन्तरले विजयी भएको छ ।
घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा १२ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ३५ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याए ।
खेलको ३८ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । ७२ औँ मिनेटमा युनाइटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।
खेलको ८१ औँ मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई ३–२ अन्तरको रोमाञ्चक जित निकालेको हो । यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा ८०७ गोल पूरा गर्दै कीर्तिमान बनाएका छन् ।
जितसँगै युनाइटेडले २९ खेलमा ५० अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा छ ।
















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया