अभिनेत्री रुपा दत्ता पक्राउ

बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी अभिनेत्री रुपा दत्ता चोरीको मामलामा पक्राउ परेकी छन् । रुपा बंगाली फिल्मकी अभिनेत्री हुन् ।
उनलाई इन्टरनेसनल कोलकाता बुक फेयरबाट पैसा चोरेको आरोप लागेको छ । प्रत्यक्षदर्शीका अनुसार एक महिलाले फोहोरको डिब्बामा एक ब्याग फ्याकेको देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले रुपाबाट ७५ हजार भारतीय रुपैंयाँ बरामद गरेका छन् । यो घटना शनिबार राती भएको हो । कोलकाताको विधाननगर नर्थ पुलिस स्टेसनका अनुसार एक महिलाले फोहोरको डिब्बामा ब्याग फ्याकेपछि तत्कालै अन्य प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले तत्कालै महिला र ब्यागमाथि छानबिन गर्दा उनी अभिनेत्री रुपा दत्ता रहेको खुलेको हो । ब्यागमा उक्त ७५ हजार रुपैयाँ भेटिएको थियो । प्रहरीले अभिनेत्री रुपालाई हिरासतमा लिएपछि उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको छ ।
सन् २०२० मा रुपाले निर्माता तथा निर्देशक अनुरागमाथि अश्लील सन्देश पठाएको आरोप लगाएकी थिइन् । तर अनुसन्धानमा उनले अरु कोही पुरुषसँग फेसबुकमा कुराकानी गरेको खुलेको थियो । संयोगले त्यो पुरुषको नाम अनुराग नै थियो । त्यो समयमा रुपाले आफ्नो ट्वीटर हेण्डलमा अनुरागसँग च्याट गरिएको कैयौं सन्देश स्क्रीनसट शेयर गरेकी थिइन् ।










एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया