शुक्रबार, माघ ९, २०८२

स्वस्तिक छाप विदेशबाट ल्याउने !

मेरोन्यूज २०७८ फागुन ३० गते १७:३८

काठमाडौँ । निर्वाचन आयोगले विदेशबाट स्वस्तिक छाप ल्याउने तयारी गरेको छ । निर्वाचन प्रयोजनका लागि स्वस्तिक छाप एक महिनाभित्र बाह्य देशबाट नेपाल आइपुग्ने जनाएको हो ।

आयोगले नियमित पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘कतिपय सामाग्रीहरू नेपालमा उत्पादनमा हुँदैन ।’

उनले थपे, ‘२२ हजार मतदान केन्द्रमा तीनदेखि ४ वटा स्वस्तिक छाप पठाउनुपर्छ । स्वस्तिक छाप अघिपछि प्रयोग हुँदैन। त्यस्तो खालको चिज बाहिर देशबाट ल्याउनुपर्छ। त्यसको ठेक्कापट्टा भइसकेको छ। एक महिनाभित्र ल्याउने भन्ने छ।’

प्रतिक्रिया