सुँगुर बेचेर विवाह गर्ने र ऋण तिरोभरो गर्ने भन्ने गरिबकाे सपनामाथि तुषारापात

सिरहा,
सिरहा सुखीपुर नगरपालिका–१० बल्ही विश्वकर्मा चोकका ५० वर्षीय गणपैत मरिक (डोम)को दुई रात भयो राम्रोसँग निदाउन सकेका छैनन् । घरमा पालेका चार वटा सुँगुर एकै पटक मरेको फेला परेपछि उनको निन्द्रा हराएको छ । शुक्रबार रातिसम्म सद्दे रहेका सँगुरहरू शनिबार विहान मृत परेपछि उनी कहाँ जाने कसलाई सुनाउने भनेर अन्योलमा परेका छन् ।
उनले ती सुँगुरहरूलाई विष खुवाएर मारेको दावी गरिरहेका छन् । मरेका माउ सुँगुर मात्रैको अहिलेको बजारभाउमा दुई लाखभन्दा बढी रहेको मरिकले बताए । उनले भने, ‘तिनका २५ वटा दुधे बच्चा छन्, माउ नै मरेपछि ती बच्चाहरु पनि बाच्दैनन् ।’
यिनै सुँगुर बेचेर नातिनी विवाह गर्ने र ऋण तिरोभरो गर्ने योजनामा थिए मरिक । उनी भन्छन्, ‘सबै योजनामाथि तुषारापात भयो ।’ मरिककी श्रीमती सुमित्रादेवीका अनुसार उनीहरूको मुख्य आयस्रोत नै सँुगुरपालन हो । सबै सुँगुर मरेको देखेपछि भोक प्यास नै हराएको उनले दुखेसो गरिन । मरेकामध्ये एउटा आजभोलि ब्याउने र अर्को पनि गर्भीणी रहेको मरिकले बताए । बाँचेको एउटा पोथी र एउटा भाले सुँगुर पनि बिरामी छन् ।
गोलबजार नगरपालिका–१३ डङ्ग्राहाबाट करिब नौ वर्षअघि मरिकको परिवार यहाँ बसाई सरेको थियो । उनीहरु गागन खोला किनारको ऐलानी जमिनमा बस्दै आएका छन् । उनीहरूले एउटा भालेसहित पाँचवटा माउ सुँगुर पाल्दै आएका थिए ।
उनीहरूले सुँगुरलाई विष खुवाएरै मारेको दावी गरेका छन् । मरिक परिवार सुँगुर मर्नुको कारण पत्ता लगाएर घटनामा संलग्नहरुलाई कारबाही र क्षतिपूर्तिको मागसहित जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका छन् ।
आइतबार भेटेरनरी प्राविधिकले पोष्टमार्टम गरेकाले त्यसको रिपोर्ट आएपछि घटना बारे एकिन भन्न सकिने कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले पोष्टमार्टम रिर्पोटपछि मृत्युबारे थप खुल्ने बताए । उनले घटना प्रकृति मुचुल्का बनिसकेको र अनुशन्धान भइरहेको जनाए छ ।
मरिक यहाँ बस्न थालेपछि मात्रै बस्ती विस्तार भएको हो । अहिले त्यही बस्तीले उनलाई अन्यत्र जान दबाब दिने गरेको छ । उनले भने, ‘सानो जातको भन्छन् । हाम्रो घर अगाडि सुँगुर पाल्न पाईदैन अन्तै जाउ भन्छन् ।’ मरिक सानो दुई वटा छाप्रोमा दुई छोरा, दुई बुहारी, नातानातिनासहित १४ जना बस्दै आएका छन् ।














रविलाई धरौटीमा छोड्ने जिल्ला अदालत काठमाडौंको आदेश उच्चबाट सदर
नगद तथा गरगहनासहित एक जना पक्राउ
महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया