सुँगुर बेचेर विवाह गर्ने र ऋण तिरोभरो गर्ने भन्ने गरिबकाे सपनामाथि तुषारापात

सिरहा,
सिरहा सुखीपुर नगरपालिका–१० बल्ही विश्वकर्मा चोकका ५० वर्षीय गणपैत मरिक (डोम)को दुई रात भयो राम्रोसँग निदाउन सकेका छैनन् । घरमा पालेका चार वटा सुँगुर एकै पटक मरेको फेला परेपछि उनको निन्द्रा हराएको छ । शुक्रबार रातिसम्म सद्दे रहेका सँगुरहरू शनिबार विहान मृत परेपछि उनी कहाँ जाने कसलाई सुनाउने भनेर अन्योलमा परेका छन् ।
उनले ती सुँगुरहरूलाई विष खुवाएर मारेको दावी गरिरहेका छन् । मरेका माउ सुँगुर मात्रैको अहिलेको बजारभाउमा दुई लाखभन्दा बढी रहेको मरिकले बताए । उनले भने, ‘तिनका २५ वटा दुधे बच्चा छन्, माउ नै मरेपछि ती बच्चाहरु पनि बाच्दैनन् ।’
यिनै सुँगुर बेचेर नातिनी विवाह गर्ने र ऋण तिरोभरो गर्ने योजनामा थिए मरिक । उनी भन्छन्, ‘सबै योजनामाथि तुषारापात भयो ।’ मरिककी श्रीमती सुमित्रादेवीका अनुसार उनीहरूको मुख्य आयस्रोत नै सँुगुरपालन हो । सबै सुँगुर मरेको देखेपछि भोक प्यास नै हराएको उनले दुखेसो गरिन । मरेकामध्ये एउटा आजभोलि ब्याउने र अर्को पनि गर्भीणी रहेको मरिकले बताए । बाँचेको एउटा पोथी र एउटा भाले सुँगुर पनि बिरामी छन् ।
गोलबजार नगरपालिका–१३ डङ्ग्राहाबाट करिब नौ वर्षअघि मरिकको परिवार यहाँ बसाई सरेको थियो । उनीहरु गागन खोला किनारको ऐलानी जमिनमा बस्दै आएका छन् । उनीहरूले एउटा भालेसहित पाँचवटा माउ सुँगुर पाल्दै आएका थिए ।
उनीहरूले सुँगुरलाई विष खुवाएरै मारेको दावी गरेका छन् । मरिक परिवार सुँगुर मर्नुको कारण पत्ता लगाएर घटनामा संलग्नहरुलाई कारबाही र क्षतिपूर्तिको मागसहित जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका छन् ।
आइतबार भेटेरनरी प्राविधिकले पोष्टमार्टम गरेकाले त्यसको रिपोर्ट आएपछि घटना बारे एकिन भन्न सकिने कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले पोष्टमार्टम रिर्पोटपछि मृत्युबारे थप खुल्ने बताए । उनले घटना प्रकृति मुचुल्का बनिसकेको र अनुशन्धान भइरहेको जनाए छ ।
मरिक यहाँ बस्न थालेपछि मात्रै बस्ती विस्तार भएको हो । अहिले त्यही बस्तीले उनलाई अन्यत्र जान दबाब दिने गरेको छ । उनले भने, ‘सानो जातको भन्छन् । हाम्रो घर अगाडि सुँगुर पाल्न पाईदैन अन्तै जाउ भन्छन् ।’ मरिक सानो दुई वटा छाप्रोमा दुई छोरा, दुई बुहारी, नातानातिनासहित १४ जना बस्दै आएका छन् ।

















पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया