नेपाल बैंकको नयाँ काउण्टर महेन्द्र बहुमुखी क्याम्पस धरानमा

काठमाडौँ । धरान उपमहानगरपालिका १० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर सञ्चालनमा आएको छ ।
कार्यक्रममा सञ्चालक समिति सदस्य डा. सावित्री रञ्जित श्रेष्ठले देशकै पहिलो बैंकले देशभर आफूलाई सक्रिय बनाउँदै लगेको बताएकी थिइन । उनले हाल नेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ्ग सेवाका साथ बौद्धिक युवा जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाहका साथ समयसँगै अगाडि बढिरहेको विषय राख्दै क्याम्पसले विश्वास गरी थप सेवा गर्ने मौका दिएकोमा क्याम्पसलाई विशेष धन्यवाद व्यक्त गरिन् ।
सो कार्यक्रममा बैंकका प्रदेश १ का प्रदेश प्रमुख सूर्य प्रकाश भट्ट, धरान शाखाका शाखा प्रबन्धकलगायतका बैंक कर्मचारी तथा क्याम्पसका तर्फबाट प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
वि.सं. २०१२ सालमा स्थापना भएको पूर्व क्षेत्रकै पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा हाल पाँच हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
















क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया