आइतबार, फागुन २४, २०८२

एक्स थ्री मोटो फेस्ट आयोजना हुँदै

मेरोन्यूज २०७८ चैत १३ गते १८:५४

काठमाडौँ । ह्वाइटह्याट इभेन्ट्स एण्ड फोटोग्राफी काठमाडौं अवस्थित एक इभेन्ट म्यानेजमेन्ट कम्पनीले नेपाली मोटरसाइकल पारखीका लागि मोटरसाइकल लाइफस्टाइल इभेन्ट आयोजना गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

छायाँ सेन्टर ठमेलमा वैशाख २२ देखि २५ गतेसम्म आयोजना हुने यस एक्स थ्री मोटो फेस्टमा नेपालका विभिन्न प्रतिष्ठित टू व्हिलर ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनमा राख्नेछन् । असाधारण, रोमाञ्चक, अनुभव जस्ता शब्दले वर्णन गर्न सकिने यस इभेन्टमा रहेका विभिन्न ब्राण्डका स्टलबाट पारखीले आफूलाई मनपर्ने मोटरसाइकल खरिद वा बुकिङ्ग गर्न सक्ने छन् ।

यसका साथै उक्त इभेन्टमा चर्चित नेपाली कलाकार सविन राई एण्ड द फारो, मुक्ति एण्ड रिभाइभल तथा अन्य आर्टिस्ट कन्सर्टसमेत आयोजना हुनेछ । एक्स थ्री मोटो फेस्टमा मोटरसाइकलसहित एक्सेसरिज, खाना र पेय पदार्थको स्टल पनि हुने छन् । व्हाइट ह्याट इभेन्ट्स एण्ड फोटोग्राफीद्वारा पहिलोपटक आयोजना गर्न लागिएको यस इभेण्टलाई आगामी वर्षमा पनि निरन्तरता दिने सोच बनाएको छ ।

यस इभेन्टमा सहभागी हुन इच्छुक सम्पूर्णका लागि चाँडै नै विभिन्न प्लेटफर्म मार्फत टिकट उपलब्ध गराइने छ । अहिलेको लागि एक्स थ्री मोटो फेस्टको आधिकारिक सामाजिक मिडिया जस्तै इन्स्टाग्राम र फेसबुकमार्फत इभेन्ट सम्बन्धि विभिन्न जानकारी उपलब्ध गराइएको छ ।

प्रतिक्रिया