शिक्षकका परीक्षाले विद्यालय पाँच दिन बन्द
काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षक विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द हुने भएका हुन् ।
गाउँपालिकाकाले आज एक सूचना जारी गर्दै यही चैत १४ देखि १८ गतेसम्म विद्यालयहरू बन्द हुने जनाएको छ । गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयानुसार नै विद्यालय बन्द हुने भएको गाउँपालिकाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले जानकारी दिए ।
गाउँपालिकाका अधिकांश शिक्षक परीक्षामा सहभागी हुन जाने विद्यालयका पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आगामी शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा गरिने भएको छ । उक्त अवधिमा विद्यालयको प्रशासनिक कामकाज भने पुनः सञ्चालन रहने जनाइएको छ ।
शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदैछन् । सुदूरपश्चिम प्रदेशका लागि ती परीक्षाहरुको कञ्चनपुर र कैलालीमा परीक्षा केन्द्र तोकिएका छन् ।
















मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
पर्वतमा ८ वर्षमा २०४ किलाेमिटर सडक कालोपत्र
राष्ट्रिय सभा निर्वाचनः अहिलेसम्म कहाँ कति खस्यो मत ?
5 people dead in south India fire incident
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया