यी हुन् काठमाडौं कांग्रेसका मेयरका आकाक्षी

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । घोषित मिति अनुसार निर्वाचन आउन अब मात्र ४१ दिन बाँकी छ । चुनावी सरगर्मी पनि सुरु भएको छ । संघीय राजधानी रहेको काठमाडौं महानगरको मूल नेतृत्व सम्हाल्न पार्टीका ट्याग भिरेका देखि स्वतन्त्र दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् ।
विशेष गरेर महानगरको बागडोर सम्हाल्न सत्तारुढ दल नेपाली कांग्रेसबाट आकांक्षीको संख्या बढी देखिन्छ । तीर्थराज डंगोल, हरिप्रभा खड्गी, सबुज बानियाँ, प्रगतिमान रञ्जित, राजुराज जोशी, मुकुन्द रिजाल, नीलकाजी शाक्य, सुसान बैद्य र ईन्द्रलाल सिंह अहिले कांग्रेसमा मेयरका आकाक्षी देखिएका छन् ।
डंगोल २०७४ सालको मेयरको दाबेदार थिए । पूर्वराज्यमन्त्री डंगोल काठमाडौं कांग्रेसको कोषाध्यक्ष हुँदै जिल्ला सभापति बनेका थिए । उनी सभापति देउवासँगै नेता कृष्णप्रसाद सिटौलासँग पनि निकट छन् । महानगरपालिकाका वर्तमान उपप्रमुख हरिप्रभा खड्गी कांग्रेसबाट महानगर प्रमुखको स्वाभाविक आकांक्षी हुन् । २०७४ सालमा भएको चुनावमा कांग्रेसले मेयर पद गुमाउँदा उनी भने विजयी बनेकी थिइन् । ‘म स्वाभाविक उमेदवार हुँ । पार्टी र जनताको प्रतिनिधित्व गरेर मैले काम गरिरहेकी छु,’ खड्गीले भनिन् ‘सम्पदा पुनःनिर्माणदेखि महानगरको हरेक गतिविधिमा मेयरसँग भिडेर काम गरिरहेकी छु । पार्टीले यसको मूल्यांकन गर्नुप¥यो ।’
कांग्रेसको काठमाडौं राजनीतिमा नेता प्रकाशमान सिंह हाबी छन् । खड्गी, डंगोल, जोशी, शाक्य र रिजाल नेता सिंह निकट हुन् । काठमाडौंका एक नेताका अनुसार प्रकाशमानले पत्नी सिर्जनालाई उपमेयरमा अगाडी सारे डंगोलको मेयरमा टिकट पाउँने सम्भावना बढ्छ ।
यता, कांग्रेसका काठमाडौं सभापति सबुज बानियाँ भने सांसद भीमसेनदास प्रधानलाई नै मेयरमा अघि सार्न चाहन्छन् । सबजुको दाउ भिमसेनदास मेयरमा उठेमा आफु सांसदमा उठ्ने छ । अहिलेसम्म भिमसेन दासले भने सांसद पद त्यागेर महानगरको प्रमुखमा उम्मेदवारी दिने रुचि नदेखाएको अर्का एक नेताले बताए ।
त्यसैगरी, मेयरकै आकांक्षी काठमाडौं महानगर कांग्रेस सभापति निलकाजी शाक्य रहेका छन् । शाक्य २५ नम्बर वडाका अध्यक्ष समेत हुन् । उनले आफु पार्टीको वफादार सिपाही भएर लामो समयदेखि काम गरिरहेको बताए । उनले भने, ‘वडाका साथीहरुले तपाईं जस्तो धार्मिक र लगनशील व्यक्तिले अब महानगरको नेतृत्व लिनुपर्छ भन्नु भएको छ । नेताहरुसँग पनि कुरा गरिरहेको छु ।’
२०७४ सालको निर्वाचनमा मेयरमा राजुराज जोशी पराजित भएका थिए । उनी स्वर्गिय कांग्रेस नेता नविन्द्रराज जोशीका दाई पनि हुन् । प्रगतिमान रञ्जित सभापति देउवा निकट हुन् । सुशन वैद्य महानगरपालिकाका सचिव हुन् । वैद्य पेशाले इन्जिनियर हुन् । वैद्य खुल्लामञ्चको अतिक्रमित जग्गा बचाउने अभियानमा सक्रिय थिए । उनले पुरातात्विक महत्वका क्षेत्रको संरक्षणमा काम गर्दै आएका छन् । नेपाल इन्जिनियरिङ एसोसिएसनको पूर्व कोषाध्यक्ष वैद्य, महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंह निकट छन् । मुकुन्द रिजाल वडा नम्बर १६ का वडा अध्यक्ष पनि हुन् ।
त्यसैगरी, ईन्द्र लाल सिंह पुर्व मेयर पिएल सिंहका भाई हुन् । उनी पर्यटन व्यवसायी हुन् । उनी पनि काठमाडौंको मेयरका आकाक्षी देखिएका छन् । महानगरको प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने अधिकार कांग्रेसको विधान अनुसार, केन्द्रीय समितिलाई छ । केन्द्रीय समितिले महानगर पार्टी कमिटिले सिफारिस गरेका तीन नाम (एक महिला अनिवार्य) मध्येबाट उम्मेदवार चयन गर्नेछ । उपमहानगर र जिल्लाको प्रदेश संसदीय समितिले निर्णय गर्ने छ ।
काठमाडौंको २०७४ को मत परिमाण फकेर हेर्दा
काठमाडौं महानगरमा एमालेले राप्रपा सँग चुनावी तालमेल गरेको थियो । काठमाडौं महानगरको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मतसहित विजयी भएका थिए । शाक्यले प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार राजुराम जोशीलाई १९ हजार २६९को पराकिलो मतले पराजित गरेका थिए । जोशीले ४५ हजार २६९ मतप्राप्त गरेका थिए ।
त्यसैगरी, उपमेयरमा कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी ५८ हजार ९५२ मत ल्याएर विजयी भएकी थिइन् । खड्कीले प्रतिद्धन्द्धी राजाराम श्रेष्ठलाई २४ हजार ९८ फरक मतले पराजित गरेकी थिईन् । श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरेका थिए ।
।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रतिक्रिया