तीन वडाध्यक्षसहित पोखरामा १५ जनप्रतिनिधिले दिए राजीनामा
पोखरा । पोखरा महानगरपालिकामा तीन जना वडाध्यक्ष र १२ जना वडासदस्यले राजीनामा दिएका छन् । यद्यपि, अहिले पनि राजीनामा बुझाउने काम जारी छ । महानगरको वडा नम्बर ८, २७ र ३३ का अध्यक्षले राजीनामा दिएका हुन् । वडा नम्बर ८ का रुद्रनाथ बराल, वडा नम्बर २७ का पूर्णबहादुर गुरुङ र वडा नम्बर ३३ का शिव आचार्यको दोहोरिने सम्भावना भएकाले राजीनामा दिएका हुन् ।
वडा नम्बर ३० की सदस्य रमा नेपाली, वडा नम्बर २७ की सरस्वती सार्की, १२ नम्बर वडाकी विष्णुमाया विक र देशभक्त केसीले पनि राजीनमा बुझाएका छन् । यस्तै, वडा नम्बर ७ का दिनबन्धु पौडेल र किशोर बराल, वडा नम्बर १७ की सदस्य राधिकाकुमारी शाही र तारा परियार, ३२ को विष्णु तिवारी लगायतले पनि राजीनामा दिइसकेका छन् ।
वडा नम्बर ८ कै किरण गौतम, वडा नम्बर १५ का पार्वती कार्की र मन्दिरा परियारले समेत मेयर मानबहादुर जिसीलाई राजीनामा पत्र थमाएका हुन् । उनीहरू सबैजसो दोहोरिन लागेका हुन् । यसबाहेक पनि अधिकांश जनप्रतिनिधिहरू दोहोरिने सम्भावना भएकोले राजीनामा दिने क्रम जारी छ । पार्टीले निर्णय गरेर टिकट दिने बित्तिकै पत्र बुझाउने तयारीमा जनप्रतिनिधिहरू छन् ।















पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया